टोल विकास संस्थाका पदाधिकारीलाई कानुनी साक्षरता

घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

उपमहानगरपालिकाको न्यायीक समितिले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारका बारेमा टोल विकास संस्थाका पदाधिकारीहरुलाई जानकारी गराउने तथा न्यायीक समितिमा दर्ता गर्न सकिने उजुरी प्रकृतीका बारेमा अभिमुखिकरणलाई निरन्तरता दिएको हो ।

न्यायीक समितिले गत बर्ष पनि विभिन्न वडामा कानुनी साक्षरताको कक्षा सञ्चालन गरेको थियो । यसैक्रममा न्यायीक समितिले नम्बर १४ का जनप्रतिनिधी र टोल विकास संस्थाका पदाधिकारीहरुलाई एकै ठाउँमा राखेर न्याय सम्पादनका विषयमा अभिमुखिकरण गरेको छ ।

परिवार तथा गाउँघरमा हुने विवादहरुलाई वडा तह र न्यायीक समितिमा कसरी निबेदन दिने तथा त्यसको निरुपण कसरी गर्ने भन्ने बिषयमा उपमहानगरपालिकाका कानुनी सल्लाहकार भुपबहादुर केसी र कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले प्रशिक्षण दिए । टोल विकास संस्थाहरुले टोलमा हुने विवादहरुलाई कसरी मिलाउन सक्छन् ? शान्ति र मेलमिलापमा टोल विकासको भूमिका के हुन्छ ? विकास निर्माणमा टोल विकास संस्थाहरुले खेल्ने भूमिका कस्तो हुने र कुन अबस्था तथा प्रकृतीका मुद्धाहरुलाई माथिल्लो निकायमा सिफारीस गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरिने गरीएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारले न्याय सम्पादन र हिंसा रहित समाज निर्माणका लागि थालेको कार्यक्रमहरु प्रभावकारी हुदै गएको बताए । समाजमा शान्ति कायम गर्ने, मेलमिलापको बाताबरण तयार पार्ने, सरकारले तय गरेका आर्थिक, सामाजिक तथा भौतिक विकास निर्माणमा टोल विकासको भूमिका पहिलो स्थानमा हुने उनको भनाई छ । कानुनी ज्ञान प्राप्तीले मात्रै सामाजिकरुपमा शान्ति कायम र न्याय प्रदानमा सार्थकता हुनेमा जोड दिनुभयो ।

त्यसैगरी, नगर उपप्रमुख एवं न्यायीक समितिका संयोजक हुमाकुमारी डिसीले न्यायीक समितिले आफ्ना काम, कतव्र्य र भूमिकाका बिषयमा आम नागरिकहरुलाई जानकारी गराउन टोल विकास संस्थाहरुलाई आधार बनाएको बताइन । टोल विकास संस्थाका पदाधिकारीहरुले अभिमुखिकरणमा सिकेका कुराहरुलाई टोलको बैठकमा प्रस्तुत गर्ने र घर घरमा न्यायीक समितिको काम, कतव्र्य सँग टोलको भूमिकाका बारेमा जानकारी गराउने उदेश्य रहेको बताईन। गत बर्ष पनि विभिन्न वडाहरुका न्यायीक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको र यस बर्ष पनि बाकी वडाहरुमा यो कार्यक्रम सञ्चालनलाई अघि बढाईएको जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित