धम्की (कविता)


यो घर मेरो हो ।
यो आङन मेरो हो ।
तिमी मेरो,
आङनलाई चिरेर डोजर चलाउने !
तिमी मेरो,
घरको चौकिदारलाई लात्ती लगाउने !

दक्षिण घर म छोरी दिंए ।
उत्तर घर म मीत लगांए ।
त के ?
अरे, सम्धी,
तिमी मेरो आङनमा डोजर चलांउछौ ?
अरे मिट्वा,
तिमी मेरो चौकीदारलाई लात्ती बर्साउछौ ?

भोलि,
मेरो आङनको बोटलाई,
तिमी मेरो हो भन्छौ ।
मेरो घरको धुरीलाई,
तिमी मेरो हो भन्छौ ।
अनि के,
म सधैं चुप्प बसिरहने ?

सम्धी जी
अब, तिम्रो त्यो हेप्ने बानी
मलाइ सहय् छैन्,
हेर्दै जाऊ
त्यो, तिम्रो घमण्ड
एक दिन तिमी आफै आत्मसर्मण गर्दै
आउने छौंं
सम्धी सम्धी भन्दै
हात जोड्ने आउने छौं ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित