थाकस घोराहीको अध्यक्षमा सुन्दर चौधरी

थारु कल्याणकारिणी सभा (थाकस) घोराही उपमहानगर समितिको अध्यक्षमा सुन्दर चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतबार घोराहीमा भएको सभाको भेलाले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलीप चौधरी र चिल्लु चौधरी, सचिवमा सविता चौधरी, सहसचिवमा आरएम जगत कुसुम्या र कोषाध्यक्षमा राजेश चौधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा सुशीला चौधरी, तानु चौधरी, सम्झना चौधरी, तीलक चौधरी र रिमा चौधरीलगायत चयन हुनुभएको छ ।

थाकस क्षेत्र नं. २ का अध्यक्ष अनिल चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थारु कल्याणकारिणी सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । थारु समुदायको हकहित र अधिकारका लागि सबै थारु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो । त्यस्तै रसुवामा हालै आएको भोटेकोशी बाढी तथा विपद्मा प्रभावित नागरिकलाई थारु समुदायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा पनि वक्ताहरुले जोड दिनुभयो ।

कार्यक्रममा थाकस दाङका अध्यक्ष अशोककुमार चौधरी, सभाका केन्द्रीय पार्षद प्रकाश चौधरी, बसन्ती चौधरी, सभाका सल्लाहकार लक्ष्मिमान चौधरी, कुमारी चौधरी तथा गुलरियाका मटावाँ रामप्रसाद चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित