रास्वपाको उपसभापतिमा उम्मेदवारी दिने सुरेन्द्र चौधरीको घोषणा

दाङ, ८ असार प्रतिनिधि सभा सदस्य एवं थारू समुदायका अगुवा सुरेन्द्र चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

चौधरीले आफूले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले आफ्नो निर्णयबारे पार्टी सभापति रवि लामिछाने तथा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहलाई समेत जानकारी गराइसकेको बताउनुभयो।

सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले पार्टीलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। उहाँले थारू समुदायसहित सबै उत्पीडित तथा पछाडि पारिएका वर्ग समुदायको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चौधरीले रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्व विकास, सुशासन, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वलाई बलियो बनाउन आफूले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँको उम्मेदवारी घोषणासँगै रास्वपाको आगामी नेतृत्व चयन प्रक्रिया र महाधिवेशनको राजनीतिक माहोल थप चासोको विषय बनेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित