टेक्सास थारु समाज अमेरिकाले पायो कार्यसमितिमा पूर्णता

टेक्सास थारु समाज अमेरिकाले कार्यसमितिमा पूर्णता पाएको छ । समाजको सोमबार ह्यास्टेलमा भएको भेलामा दुई उपाध्यक्ष सहित कार्यकारिणी सदस्यलाई मनोनित गरेका हो ।

भेलाले उपाध्यक्षद्वमा गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरीलाई मनोनित गरेका समाजका महासचिव नेत्र सागरले जानकारी दिए । त्यस्तै कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी चयन गरिएको उनले बताए । यस्तै भेलाले राम शरण चौधरीलाई सल्लाहकार मनोनयन गरेको महाचिव सागरलेजानकारी दिए ।

समाजको बरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरीको अध्यक्षता बसेको भेलामा वरिष्ठ सल्लाहकारद्वय सुशील चौधरी र बिक्रम चौधरी लगायत सल्लाहकार बिजय सरदार, महेश चौधरी, राम शरण चौधरी, सन्दिप चौधरी, बिजय कुमार चौधरी, योग चौधरी लगायतले आ आफ्नो सान्दर्भिक विचार राखेकाथिए । कार्यक्रमको सहजीकरण समाजका महासचिव नेत्र सागर चौधरीले गरेका थिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित