कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्।

मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ मत ल्याएर तेस्रो स्थान आएकाछन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले सात हजार ४५ मत पाएका छन्।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित