चाैतारीले दाङकाे तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने

प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।
२ नम्बर निर्वाचन क्षेत्रमा स्थापना भइसकेकाे छ भने १ नम्बर ३ नम्बर क्षेत्रमा स्थापनाकाे तयारी अन्तिम चरणमा पुगेकाे जिल्ला सचिव किरण गाैतमले जानकारी दिनु दिए । यसैबिच शनिबार क्षेत्र नम्बर १ स्तरिय बैठक लमहीमा सम्पन्न भएको छ ।
चाैतारी दाङका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा अायाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै चुनावी प्रचारलाई व्यापक बजाउन निर्देशन दिएका थिए ।
बैठकमा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, कुलबहादुर केसीले सम्बाेधन गरेकाथिए । कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य सन्तोष दहित, सन्ताेषकुमार गुप्ता, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, सल्लाहकार जेएन सागर लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजिकरण सचिव किरण गाैतमले गरेकाथिए।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित