प्रणय दिवसको शुभकामना

 

तिम्रो मेरो जीन्दगीको शहर एउटै होस ।
धर्ती चुम्ने आकाश छुने रहर एउटै होस ।।

चखेवाको जोडी बन्ने तिम्रो मेरो सपनालाई ।
साकार पार्ने संवन्धको लहर एउटै होस ।।

हाँस्ने खेल्ने नाँच्ने गाँउने सुखदुख जीन्दगीमा ।
तिमलाई दुख्दा मलाई दुख्ने दहर एउटै होस ।।

एक बारको जीन्दगानी मरिलानु केपो छ र ।
हामी दुइलाई सिंचाइ गर्ने नहर एउटै होस ।।

मुस्कानको प्याला फुटोस कहर आएपनि
तिमि हाँस्दा म हास्ने पहर एउटै होस ।।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित