थप ४६८ जना कोरोना संक्रमित थपिए, १२४ निको भएर घर फर्किए

काठमाण्डौ, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार शनिवारमात्र ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । तर अहिले सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको मन्त्रालयका प्राडा गौतमले जानकारी दिए । यसैगरि पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। हालसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित