मैत्रिपुर्ण फुटवल खेलमा थारु कल्याणकारिणी सभा प्रथम


तुलसीपुर, ३ फागुन । पाँच नं. प्रदेश सरकारको स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रिपुर्ण फुटबल खेलमा थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको छ ।

पहिलो खेलमा थारु कल्याणकारिणी सभा र संयुक्त युवा समुह (राष्ट्रिय युवा संघ र तरुणदल) विच बराबरी भएपछि ५/५ जनाले पेनाल्टी गरेकाथिए । पेनाल्टीमा युवा समहुलाई ५–४ विरुद्ध हराउदै फाइनल खेलमा सभाले तुलसीपुर उद्योग बाणिज्यसंघ को टिमसंग खेलेको थियो । तुलसीपुर उद्योग बाणिज्य संघको टिमसंग पनि बराबरी भयो । जीत निकाल्न फेरी पेनाल्टी भएको थियो । पेनाल्टीमा पनि दुवै समुहबाट ५/५ जनाले पेनाल्टी गर्दा पनि बराबरी भएपछि पुन दोस्रो पटक १/१ जनाले पेनाल्टी गर्ने सहमति भएकोथियो । सोहि पेनाल्टीमा सभाले १–० विरुद्ध गोल गर्दै प्रथम भएको हो ।

मैत्रिपूर्ण फुटबल खेलमा प्रथम भएपछि सभालाई आयोजक टिमले २५ हजार बराबरको खशि हस्तान्तरण गरेकोथियो । मैत्रिपूर्ण फुटबल खेलमा सौहर्दापुर्वक सहभागि भएको भन्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं नेकपाका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीले सवैलाई धन्यवाद दिएकाथिए । मैत्रिपुर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ, थारु कल्याणकारिणी सभा दाङ, संयुक्त युवा समुहमा (राष्ट्रिय युवा संघ र तरुणदल), तुलसीपुर उद्योग बाणिज्य संघ को सहभागिता रहेकोथियो ।

सभाका अध्यक्ष द्धारा शुभकामना
यसैविच मैत्रिपुर्ण फुटवल खेलमा प्रथम भई थारु कल्याणकारिणी सभा दाङको गरिमा बढाएको भन्दै थारु कल्याणकारि०ाी सभा दाङका अध्यक्ष भुवन चौधरीले थारु खेलाडी समुहलाई बधाइ एव शुभकामना व्यक्त गरेकाछन् । उनले खेलकुद विकासका लागि सभाले गर्ने हरेक सहयोग गर्ने तयार रहेकोले आगामी दिनमा अझ प्रगति कामना गर्दै थारु खेलाडीहरुको हौसला प्रदान गरेकाहुन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित