पत्रकार प्रियासनको १२औं उपन्यास  ‘कालो मन’

पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२औं उपन्यास  ‘कालो मन’ हालै बजारमा आएको छ। घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
प्रियासनको यस अघि रोदनपछिको…,  भुमरी, पुनारागमन, पल्लवी, सहनशीला,  सेल्फी,  लक्कीचार्म, ब्रेकअप डायरी,  लकडाउन लभ,  एयरहोस्टेस र  कडी उपन्यास प्रकाशित भएकाछन । त्यस्तै उहाँले उपन्याससँगै एक कथा–सङ्ग्रह र एक सम्पादकीय–सङ्ग्रह पनि हालै प्रकाशित गर्नुभएको छ ।

हाल प्रियासन घोराहीबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुका साथै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेवारीमा हुनुहुन्छ । यसअघि उहाँ राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिवको रूपमा पनि काम गरिसक्नुभएको छ।

साहित्य, पत्रकारिता र सामाजिक सेवामा निरन्तर सक्रिय प्रियासनले नेपाल सरकारबाट ‘विभूषण सम्मान’ समेत प्राप्त गर्नुभएको छ । साथै जिल्लादेखि राष्ट्रिय स्तरसम्मका दर्जनौं सम्मान र पुरस्कारहरू उहाँले पाउनुभएको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित