थारु पत्रकार संघको भुर्चअल वैठक, कोरोनाको कारण एकको मृत्यु, ९ जना संक्रमित

थारु पत्रकार संघ, नेपालले थारु पत्रकारहरुको लागि आर्थिक सहायता कोष बनाउने भएको छ । शनिवार भर्चुअल मार्फत भएको केन्द्रीय कार्यसमितिको पदाधिकारी र जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनीधि सहितको उपस्थितमा बसेको बैठकले यस्तो कोष बनाउने निर्णय गरेको हो । त्यसैगरि बैठकमा थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित निकायसँग पहल गर्ने समेत निर्ण गरेको छ ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा बसेको बैठकमा कोरोना कहरको कारणले थारु पत्रकारमा परेको समस्या तथा जिल्लाको वस्तुस्थितिको बारेमा समेत रिर्पाेङ र वृहत छलफल समेत गरेकाथियो । सोहिक्रममा अहिलेसम्म देशभर ९ जना थारु पत्रकार संक्रमित भएको र २ जनाको निधन भएको वैठकमा जानकारी गराइएकोथियो । कोभिडका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा जेठ ५ गते निधन भएको थियो भने कपिलवस्तुका पत्रकार सञ्जय चौधरीको दुर्घटनामा परी वेैशाख ३० गते निधन भएको कपिलवस्तु शाखाका अध्यक्ष श्याम सिटी चौधरीले जानकारी गराएकाथिए ।

वैठकामा संघका अध्यक्ष सन्तोष दहितले कोरोनाबाट संक्रमित भएका थारु पत्रकार सहित सबैको शिघ्र स्वास्थ्य लाभको कामना र मृतक थारु पत्रकार हिक्मत चौधरी र सञ्जय चौधरीप्रति हार्दिक श्रद्र्धान्जली सहित परिवारजनमा समवेदना प्रकट गरेकाथिए । यसैविच उनले संक्रमित थारु पत्रकारको लागि आर्थिक सहायता कोष बनाउने आफुले प्रस्ताव गरेकोले यसमा सवैले सहयोग गर्नुपर्ने बताएकाथिए । थारु पत्रकारको आर्थिक सहायता कोषले संक्रमति पत्रकारहरुलाई उपचार, स्वास्थ्य सामग्री र आर्थिक कम्जोर भएका पत्रकारहरुलाई राहत सहयोग गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकाथिए ।त्यसैगरि उनले हालै बर्दियामा भएको राष्टिय भेलाबाट संघको विधान संसोधनका लागि संघकै कानुनी सल्लाहकार ठाकुरसिंह थारुको संयोजकत्वमा सल्लाकार लक्की चौधरी र पुर्व केन्द्रीय सचिव पार्वता चौधरीलाई जिम्मेवारी दिइएकोले यसलाई छिट्टै मुर्त रुपमा दिन आग्रग गरेका थिए । विधान संसोधन भएका आगामी हुने थारु पत्रकार संघको महाधिवेशनमा विवाद नहुने भएकोले विधान संशोधनको लागि तडारुक्ता साथ अगाडि बढाउनुपर्ने कुरामा समेत अध्यक्ष दहितले जोड दिएकाथिए ।

सोहिक्रममा संघका सल्लाहकार लक्की चौधरीले थारु पत्रकारको आकस्मिक सहयोगका लागि कोष खडा गर्ने राम्रो कुरा भएको सुझाव दिएकाथिए । कोभिडको मारमा सिङ्गो विश्वभरका मानिसहरु परेजस्तै थारु पत्रकार पनि त्यसको मारमा रहेकाले एकअर्कालाई सहयोग गर्ने वातावरण बनाउन उनले संघका पदाधिकारीहरुलाई सुझाव सुझाव दिएकाहुन । आगामी पाँचौ अधिवेशनअघि संघको विधान परिमार्जन गरी अघि बढ्ने र त्यसकालागि तयारी थाल्नु पर्ने उनको सुझाव थियो ।

त्यसैगरि संघका सल्लाहकार कृष्णराज सर्वहारीले थारु पत्रकारबीचको एकता कायम गर्नमा नियमित छलफल आवश्यक रहेको बताए। संघको कोष बढाउन पुरानो हरहिसाव फरफारक गर्दै थप कोष संकलनमा लाग्नुपर्ने सुझाव दिएकाथिए। वर्तमान कार्य समितिले मुखपत्र फुलरिया प्रकाशित गरेर राम्रो काम गरेको र असार मसान्तसम्म पुनः प्रकाशन गर्न सके राम्रो हुने उनको सुझाव थियो ।

संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष प्रदीप लेखीले संघलाई एकताबद्धरुपमा अगाडि बढाउन आवश्यक रहेको बताए । थारु पत्रकारको एकताले नै थारु पत्रकारको हकहितमा काम गर्न सकिने भन्दै उनले आगामी दिनमा एकभएर अगाडि बढ्न सुझाव दिएकाथिए ।

संघका उपाध्यक्ष उन्नति चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको वैठकमा संघका सचिव कमल चौधरी, केन्द्रीय सदस्य सम्भुप्रसाद चौधरी, सुनसरीका शाखाका अध्यक्ष सुनिल चौधरी, पत्रकार गवन चौधरी, सुकदेव चौधरी, मोरङका प्रतिनीधि विद्यानन्द चौधरी , चितवन शाखाकी अध्यक्ष सुमित्रा महतो, नवलपरासी शाखाकी अध्यष सुर्यकुमारी चौधरी, रुपन्देही शाखाका अध्यक्ष राज चौधरी, कपिलवस्तु शाखाका अध्यक्ष श्याम सिटी थारु , वाँके शाखाका अध्यक्ष भगतराम थारु, बारा शाखाका अध्यक्ष जियालाल चौधरी, कन्चनपुर शाखाका अध्यक्ष डिबी कुश्मी, कैलालीका प्रतिनीधि प्रेम चौधरी लगायतले जिल्लागत वस्तुस्थितिका बारेमा जानकारी गराएकाथिए भने कार्यक्रमको सहजीरकण संघका महासचिव सन्तकुमार चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित