लुम्बिनी प्रदेशमा कोरोना विरामीलाई निशुल्क उपचार यथावत : मुख्यमन्त्री पोख्रेल

लुम्बिनी सरकारले कोरोना विरामीको उपचार निशुल्क गर्ने भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निशुल्क उपचार भइरहको छ।

संघीय सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रलेले सामाजिक संजाल मार्फत लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार सम्बन्धित व्यक्तिले आफैं व्यहोर्नुपर्ने निर्णय भएको बताएका थिए।

लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित धागो कारखानामा प्रादेशिक अस्पताल अन्तरगत कोरोना विशेष अस्पताल सन्चलन भइरहेको छ। त्यसैगरी भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको आयुर्वेद अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाइएको छ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित