ग्रामीण महिला उत्थान केन्द्रको साधारण सभा सम्पन्न

ग्रामीण महिला उत्थान केन्द्र दाङको ३२औँ वार्षिक साधारण सभा आइतबार घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा सल्लाहकार थम्मन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसैगरी, कोषाध्यक्ष मीरा चौधरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


कार्यक्रममा मीना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा संस्थाकी सदस्य जिपसरा घर्ती तथा कर्मचारीहरू भीमकान्त चौधरी, पार्वती बस्नेत, तिर्सना चौधरी र सुनीता शर्माले संस्थाको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महिला उत्थानका क्षेत्रमा क्रियाशील संस्थाको वार्षिक गतिविधि, प्रगति र आर्थिक अवस्थाबारे जानकारी गराउँदै आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रममाथि सभामा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाकी सहसचिव सरिता चौधरीले गर्नुभएको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित