आत्मनिर्भर लघुवित्तलाई चौथो पटक करदाताको सम्मान

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था लगातार चौथो पटक सम्मानित एवं पुरस्कृत भएको छ । लिमिटेडले सरकारलाई  प्रदान गर्ने ‘सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था’को  रुपमा कर दिवसको अवसरमा लगातार चौथो पटक सम्मानित भएको हो ।

सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याएको कदरस्वरूप आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आयोजित कार्यक्रममा संस्थालाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आत्मनिर्भर लघुवित्तका कार्यकारी प्रमुख सौगतविर चौधरीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

कार्यकारी प्रमुख चौधरीले कर तिर्ने दायित्वलाई इमानदारिपूर्वक पालना गर्दै वित्तीय क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउने आत्मनिर्भर लघुवित्तको प्रतिबद्धता अझ सुदृढ भएको बताउनुभयो । दाङको घोराहीमा रहेर  दाङ, वाँके, बर्दिया, प्यूठान र अर्घाखाँची लगायत जिल्लामा शाखा विस्तार गरेर  संस्थाले महिला सशक्तीकरण जोड दिदै आएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित