ग्रामीण महिला उत्थान केन्द्रको अध्यक्षमा पुनः आसमानी चौधरी

ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा आसमानी चौधरी चयन भएकीछन् । शनिवार घोराहीमा भएको केन्द्रको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन बाट चौधरी सर्वम्मतले पुनः अध्यक्षमा चयन भएकीहुन् ।

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी

यस्तै केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा बसन्ता पुन, सहसचिवमा सरिता चौधरी, कोषाध्यक्षमा मिरा चौधरी र सदस्यहरुमा माधवा पोख्रेल र मिना गिरी चयन भएकाछन् । यसैरी केन्द्रको सल्लाहकारमा सोगतबीर चौधरी, थम्मन चौधरी र रजनी श्रेष्ठलाई चयन गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रका नवनिर्वाचित कार्यसमिमितका पदाधिकारी तथा सदस्यहरु

संस्थाका सस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्थाले खेलेको भुमिकाका कारण हजारौँको जीवनमा आमुल परिवर्तन सम्भव भएको भन्दै आगामि दिनमा पनि संस्थाले आफ्नो दायित्व निरन्तर पूरा गर्दै जानुपर्नेमा जोड दिएकाथिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु सोगतबिर चौधरी,थम्मन चौधरी, हितबहादुर थापा, पार्बती बस्नेत, नेपबहादुर चौधरी, गिता चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त दिएकाथिए । यसैगरी संस्थाले आगामी मंसिर २१ गते वार्षिकोत्सव आयोजना गरि उक्त दिन रक्तदान कार्यक्रम, भलिबल प्रतियोगिता र घैटाफोड लगायत कार्यक्रम आयोजना गर्ने जनाएको छ । त्यसैगरी उद्यमशिल पुरस्कारबाट २ जना उद्यमीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको संस्थाले जनाएको छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना सस्थाकी अध्यक्ष आसमानी चौधरी र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष मिरा चौधरीले प्रस्तुत गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित