५० प्रभावशाली महिलामा थारू सुमदायबाट ४ जना

अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलामा थारू समुदायबाट ४ जना परेका छन् । 

ती ४ जनामा लुम्विनी प्रदेशकी पूर्व उपसभामुख कृष्णी थारु, सञ्चारकर्मी पुष्पा चौधरी, अधिवक्ता सुशीला चौधरी र पारिस्थितिक प्रणाली विज्ञ डा सुनिता चौधरी रहेका छन् । पुष्पा चौधरी बर्दिया, बाँसगढीस्थित रेडियो गुर्वावाकी स्टेशन म्यानेजर छिन् भने सुशीला चौधरी गोरखापत्र संस्थानकी कानूनी सल्लाहार छिन् । दुबै दाङका हुन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित