संघको आर्थिक सहायहता कोषमा रकम जम्मा हुने सुरु, अहिलेसम्म ७ हजार ५ सय जम्मा

थारु पत्रकार संघ, नेपालले चलाएको थारु पत्रकारको लागि आर्थिक सायहता कोषमा अभियानमा रकम जम्मा हुने सुरु भएको छ । आइतबारसम्म उक्त कोषमा ७ हजार ५ सय जम्मा भएको संघले जनाएको छ ।

आइतबारदेखि सुरु भएको आर्थिक सहयाता कोषमा दाङ घोराही उपमहानगरपालिका १७, गुलरिया निवासी साहत्यिकार, उपप्राध्यायपक प्रेम चौधरी (लब्लिन क्यानभास)ले ५ हजार र तुलसीपुर निवासी ख्याल बगालका अध्यक्ष तथा पत्रकार सवि थारुले १ हजार ५ सय र मोरङनिवास थारु पोर्टलका प्रधानसम्पादक विद्यानन्द चौधरीले एक हजार जम्मा भएको संघका अध्यक्ष सन्तोष दहितले जानकारी दिए । शनिबार बसेको संघको केन्द्रीय पदाधिकारी सहित जिल्ला शाखा र प्रतिनीधिहरुको उपस्थितिमा बसेको भर्चुअल बैठकले थारु पत्रकारहरुको लागि आर्थिक साहयता कोष बनाउने निर्णय गरेकोथियो ।

कोषमा जम्मा भएको रकमले संक्रमित थारु पत्रकारहरुको उपचार तथा स्वास्थ्य समाग्रीमा सहयोग तथा राहतको लागि सहयोग गरिने छ । त्यसका लागि इच्छुक सहयोगि दाताले थारु पत्रकार संघ नेपाल को नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक लि. पुतलीसडक शाखा खाता नं ११३०१००००३४०५००१ मा रकम जम्मा गर्न सकिने छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित