नेपालमा पाँचौं व्यक्तिमा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, १५ चैत । नेपालमा थप अर्की एक युवतिमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार उनि चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । अहिले उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

यसैसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ । पाँच जना मध्ये एक निको भइसकेको छ भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित