थारू कोटाबाट महाधिवेशन प्रतिनिधिमा शोभाराम चौधरीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दाङ क्षेत्र नम्बर २ बाट थारू कोटातर्फ सामाजिक अभियन्ता तथा युवा नेता शोभाराम चौधरीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ ।

घोराही उपमहानगरपालिका-८, सौरी निवासी चौधरी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ थारू कल्याणकारिणी सभाको जिल्ला सदस्यसमेत हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनुभएका चौधरी नारायणपुर क्षेत्रका प्रतिष्ठित व्यवसायीका रूपमा समेत परिचित हुनुहुन्छ । व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका उहाँ थारू समुदायमा बौद्धिक, सशक्त र जुझारु युवा नेताका रूपमा परिचित हुनुहुन्छ।

थारू समुदायको सामाजिक, राजनीतिक तथा आर्थिक विकासका विषयमा सक्रिय रहँदै आउनुभएका चौधरीले समुदायको प्रतिनिधित्व गर्दै पार्टीको नेतृत्व तहमा पुग्ने उद्देश्यसहित उम्मेदवारी दिनुभएको बताइएको छ। मिजासिलो स्वभाव, सहयोगी भावना र सामाजिक गतिविधिमा सक्रियताका कारण चौधरीले समुदायमा आफ्नो पहिचान बनाउनुभएको उहाँका निकटस्थहरू बताउँछन्। व्यवसायिक अनुभवसँगै लामो समयदेखिको राजनीतिक तथा सामाजिक सक्रियताका कारण उहाँलाई थारू समुदायबाट सम्भावना बोकेको युवा नेताका रूपमा हेरिएको छ। महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएका चौधरीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै थारू समुदायका मुद्दालाई पार्टीको नीति तथा निर्णय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य राख्नुभएको बताउनुभएको छ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित