दाङमा थारूज क्याराभान कन्क्लेभः एउटै थलोमा २२ कार्यपत्रमा प्राज्ञिक बहस

दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्रको आयोजनामा, लौव अग्रासन र ख्याल बगालको सह–आयोजना तथा कबिला रिर्साेटको व्यवस्थापनमा सम्पन्न ‘थारुज क्याराभान कन्क्लेभ’ मा थारु समुदायसँग सम्बन्धित विविध पक्षमा गहिरो अध्ययन र अनुसन्धान आधारित कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

थारुज क्याराभान कन्क्लेभमा आफ्नो भनाइ राख्दै चूर्णवहादुर चौधरी । तस्विरहरु सन्तोष दहित/अग्रासन खबर

दुई दिने उक्त कन्क्लेभमा प्रस्तुत गरिएका कार्यपत्रहरुमा राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, प्रशासनिक, उद्यमशीलता, पत्रकारिता, भाषा, साहित्य, इतिहास र वर्तमान अवस्थाका पक्षहरू समेटिएको थियो । अनुसन्धानकर्ताहरूले तथ्यमा आधारित सामग्री प्रस्तुत गरी थारु समुदायको समग्र अवस्थाबारे गहिरो बहस र विचार–विमर्श गरेका थिए । कार्यक्रममा प्रस्तुत २२ वटा कार्यपत्रहरूले थारु समुदायका समस्या, चुनौती र सम्भावनाहरू उजागर गर्नुका साथै आगामी दिनमा नीति निर्माणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

कन्क्लेभमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हरेक क्षेत्रको समुन्नत विकासका लागि राजनीतिक सहभागिता अपरिहार्य रहेको बताए । उनले विगतको तुलनामा थारु समुदाय राजनीति, शिक्षा र व्यवसायिक क्षेत्रहरूमा केही हदसम्म अघि बढेको भए पनि अझ ठूलो मात्रामा संलग्नता आवश्यक रहेको उल्लेख गरे । यस्तै कार्यक्रमले थारु समुदायभित्र चेतना फैलाउने र वैज्ञानिक दृष्टिकोणको विकास गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरेका थिए । ‘इतिहासमै पहिलो पटक एउटै थलोमा यस प्रकारको बौद्धिक बहस, विमर्श तथा प्राज्ञिक स्तरका २२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको उल्लेख गर्दै मेयर चौधरीले भने, यस्ता कार्यक्रमहरूले राज्य र समुदायको लागि नीति निर्माण संगै योजना निर्माणमासहयोग पुग्छ ।’

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी

कन्क्लेभमा सोगतविर चौधरीले नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यपत्रमा नेपालमा धर्तिपुत्र थारु समुदायको पुर्खाहरुको अथक परिश्रमले पश्चिम नेपालमा मानव जातिको वास स्थान र उर्वभर भूमिमा परिणत भएको प्रमाण इतिहास साक्षिा रहेको उल्लेख गरे । ‘तराईका विशाल जंगललाई फडानी गरेर ह्रिंसक भिमकाय जनावर हात्ति, गैडा, बाघ, भालु, विच्छी जस्ता जिवसंग जुद्धदै, मलेरिया जस्तो डरलाग्दो विपदसंग संघर्ष गर्दै वैज्ञानिक प्रविधि स्थापित गर्र्दै आफुलाई स्थापित गरेको ऐतिहासिक विरात कायम गरेको यथेष्ट प्रमाण रहेको बताए तर, उनले भने – नेपालको राजनीतिक परिर्वतन २००७ साल देखि २०८२ सम्म आइपुग्दा यहाँका भूमिपुत्र थारुहरुलाई सत्तासिन राजनीतिक दलहरुले नगन्यमात्रामा बाहेक नेतृत्व तहमा आत्मसाथ गरेको पाइदैन ।’ ‘समग्र विकासको लागि स्थानीय थारु समुदायमा अधिकार स्थापित गर्नुपर्छ, भनेर उनले आफ्नो कार्यपत्रमा उल्लेख गर्दै भने, प्रजातन्त्र सिस्टको बखान गाएर विकास हुदैन, विकासका लागि सम्मान अवसर चाहिन्छ र जसको लागि राजनीतिक पार्टीले स्थानीय नगारिकको सिद्धान्त अनुसार स्थानीय उम्मेदवार छनौट गर्न सक्ने कुरालाई दिनुपर्छ ।’

सोगतविर चौधरी

त्यस्तै चूर्णवहादुर चौधरीले थारु आदिवासीमा सुशासन प्रक्रिया सम्वन्धि कार्यपत्र प्रस्तुत गरेकाथिए । उनले आफ्नो कार्यपत्रमा थारु मटावा, बरघरले कसरी थारु समुलाई सुशासन, विकासमा काम गर्दै आएकाथिए भन्ने विषयमा प्रकाश पार्नुभएकोथियो । त्यस्तै उहाँले दाङ मटावा प्रणालीलाई संस्थागत गर्दा स्थानिय, प्रदेश र संघीय सरकार लगायत थारु र गैरथारु सवैलाई फाइदा पुग्ने निष्कर्ष गरेकाथिए ।

चूर्णवहादुर चौधरी

डा. कृष्णराज सर्वहारीले थारु समुदाय भाषा, कला, संस्कृतिको संरक्षणको लागि थारुहरुको आफ्नै मिडिया हुनुपर्ने आवश्यक्ता औल्याएका थिए । उनले थारु समुदाय र पत्रकारिता विषयक आफ्नो कार्यपत्र प्रस्तुत गरेकाथिए ।

डा. कृष्णराज सर्वहारी

यस्तै  केबी चौधरीले थारु समुदायमा शिक्षाको प्रश्न विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकाथिए । उनले पहिला भन्दा अहिलेको अवस्थामा थारु समुदायको शिक्षामा धेरै सुधार आएको उल्लेख गरेकाथिए । तर, अझैपनि शिक्षा र राजनीतिमा थारुको सक्रियता र उद्यमशिल्तामा अझ सहभागिता बढाउनुपर्ने आवश्यक रहेको बताए ।

केबी चौधरी

यस्तै भुवन चौधरीको सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता विषयक कार्यपत्र प्रस्तुत गरेकाथिए । उनले योजना तथा बजेट निर्माण प्रक्रियामा तुलनात्मक रुपमा बढाउनुपर्ने आवश्यक्ता औल्याएका थिए । साथै हरेक नीति निर्माण र विकासका कार्य गर्दा योजना र बजेटसंग जोडिने भएकोले बजेट निर्माण प्रक्रियामा थारु समुदायको सहभागितालाई बढाउनुपर्ने बताए ।

भुवन चौधरी

यस्तै डा. जर्मन चौधरीले दाङ जिल्लाका स्थानिय सरकारमाः थारुहरुको पहुच एक अध्ययन विषयमा कार्यपत्र प्रस्तुत गरेकाथिए । उनले दाङमा थारुको जनसंख्याको आधारमा र राज्यले अप्नाएको समानुपातिक तथा समावेशीको आधारमा प्रशासनिक क्षेत्रदेखि राजनीतिक क्षेत्रमा थारु समुदायको सहभागिता एकदमै न्यून रहेको कार्यपत्रमा उल्लेख गरे ।

डा. जर्मन चौधरी

त्यस्तै सन्तोष दहितले मुक्त कमैया, कम्लहरीको सामाजिक आर्थिक अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकाथिए । कमैया मुक्ती घोषणा गरेको २४ वर्षको अवधिमा पनि अहिलेसम्म मुक्त कमैयाहरु सामाजिक पुनस्थापना हुन नसेको उजार गरेकाथिए । अहिलेपनि पाँच हजार भन्दा बढि मुक्त कमैया अलपत्र अवस्थामा रहेको र १० हजार मुक्त कमैया लगतबाट छुट भएसंगै ९० प्रतिशत मुक्त कमैया मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएको दहितले आफ्नो कार्यपत्रमा उल्लेख गरेकाछन । त्यस्तै उनले कम्लरी मुक्ती घोषणा भएको १२ वर्ष वितिसक्दा पनि मुक्त कमलरीहरुसंग भएको दश बुदे सम्झौता अनुसार छिटपुट बाहेक अधिकांस बुदाहरु कार्यन्वयन हुन सक्दा सयौं मुक्त कम्लरीहरु पढाइबाट बन्चित हुनुपरेको र विचैमा पढाई छाड्नुपर्ने अवस्था रहेको बताएकाथिए । त्यस्तै १२७६९ मध्ये अझै पनि आठ हजार मुक्त कम्लरीहरु परिचय पत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट बन्चित हुनुपरेको र राज्यले मुक्त कम्लरीहरुलाई वेवास्ता गरेको आफ्नो कार्यपत्रमा उल्लेख उल्लेख गरेकाछन । त्यस्तै मुक्त कम्लरीहरुले आफ्नो आर्थिक सशक्तिकरणको लागि विभिन्न जिल्लमा आफ्नै ४२ वटा सहकारी संचालन गरेर सहुलियतमा ऋण लिएर विभिन्न पेशा व्यवसायमा लागेर आफ्नो जिविकोपार्जन गर्दै आएको उनले कार्यपत्रमा उल्लेख गरेकाछन् ।

सन्तोष दहित

कृष्ण चौधरीले बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि विषयक कार्यपत्र प्रस्तुत गरेकाथिए । कार्यत्रमा २०२० सालतिर दाङबाट हजारौं थारु समुदाय बुह्रान छारा हुन बाध्य भए र यसको प्रमुख सामाजिक राजनीतिक कारण भनेको तत्कालीन अवस्थामा जमिन्दारबाट शोषित हुनु आफूले भोगचलन गर्दै आएको जग्गा पनि गुमाउनु , जमिन्दारहरूले विभिन्न बहानामा हड्पिनु जस्ता कारणहरूले थारुहरू बुह्रान छारा जान पर्नु बाध्य भएको उनले उल्लेख गरेकाछन् । त्यस्तै उनले त्यसबेला थारुहरूले गरेको एउटा सामाजिक विद्रोह भएको मान्न सकिने बताए । जहाँ उनीहरूले नयाँ ठाउँमा पनि आफ्नो सांस्कृतिक सामाजिक पहिचानलाई स्थापित गर्न सफल पनि भए, उहाँले आफनो कार्यपत्रमा प्रस्तुत गरेकाथिए, दाङका थारुहरू बुह्रान छाराहुनु तत्कालीन अवस्थामा राज्यको संरचनागत असमानताहरू दमनकारी शोषण व्यवस्था राज्यको कर नीतिले भेदभाव र वर्गीय विभाजनको खाडल अत्याधिक रहेको स्पष्ट रहेको बताए । यस्तो विषम अवस्थामा पनि थारु समुदायले सामाजिक विद्रोह द्वारा मलेरिया युक्त र जोखिमयुक्त ठाउँहरूमा पनि आफ्नो आर्थिक सामाजिक हैसियत स्थापित गर्न सफल भएको एउटा ऐतिहासिक सामाजिक आन्दोलनको रुपमा बुरान माइग्रेसनलाई लिन सकिन्छ र युवा पुस्तामा बुह्रानको कथा सुनिनु आवश्यक रहेको औल्याए ।

कृष्ण चौधरी

यस्तै  बालकृष्ण चौधरीले थारु समुदायको विकास र समृद्धि : विगत, वर्तमान र भविष्यका आयामहरू,  माधव चौधरीले सख्या  पैयाको साँस्कृतिक आयम, कुलबहादुर चौधरीले थारु भाषाको शिक्षामा चूनौति र अवसरहरु, छाविलाल कोपिलाको थारु समुदायको सन्दर्भमा साहित्य र विकास, सवि थारुले नेपालका जेन्जी पुस्ताको अवसर, रंगकर्मी प्रणव आकाले थारु संस्कृतिमा विस्तार, बाधा चूनौति र अवसर, पत्रकार प्रकाश चौधरीले थारु र जनयुद्ध, अधिवक्ता श्रीराम चौधरीले थारु भाषामा सरकारी कामकाजः अवस्था चूनौति, विकास चौधरीले हस्पिटालिटी विजनेशमा थारुहरुको चूनौति र अवसरहरु विषयक कार्यपत्र पस्तुत गरेकाथिए ।

बालकृष्ण चौधरी

यस्तै श्रमलाल चौधरीले आदिवासी थारूमा विपद व्यवस्थापन, दिप्ती शिखा चौधरीले थारु महिला उद्यमशिलतामा पहिला, निता चौधरीले नेपालमा थारु महिलाको शसक्तिकरण र अशोक चौधरीले सहकारी लाभको बाँडफाड प्रक्रियामा थारुहरुको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरेकका थिए । कार्यक्रममा डा. नहकुल केसी, डा. कृष्णराज सर्वहारी, सन्तोष दहित, कृष्ण चौधरी, अधिवक्ता श्रीराम चौधरी, प्रतिमा चौधरीले सहजीकरण गर्नुभएकोथियो ।

सवि थारु

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित