माघ साँस्कृतिक महोत्सवको उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने

माघ साँस्कृतिक महोत्सवको उद्घाटन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन् ।

‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मुल नारा सहित पुस १८ र र १९ गते घोराहीको शहिद मञ्चमा महोत्सव आयोजना गरिएको छ । दुइ दिने महोत्सवको उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिए । उनका अनुसार पुस १८ गते महोत्सव स्थलमा बेलुकी पाँच बजेदेखि राती १० बजेसम्म माघमा गाइने ढुम्रु गीत गाउने कार्यक्रम तय भएको छ ।

यस्तै महोत्सवको दोस्रो दिन पुस १९ गते माघ साँस्कृतिक विशेष कार्यक्रम हुने छ । सोहिदिन थारु भेषभुषामा थारु सांस्कृतिक झल्किने विभिन्न बाजागाजा सहित घोराहीको मुख्य बजारमा बजारपरिक्रमा गरिने उनले बताए । बजार परिक्रमापछि महोत्सव महोत्सवको औपचारिक रुपमा उद्घाटन गरिने महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताए । उनका महोत्सवमा थारु परिकार, घोङघी, माछा, अन्डिको झोल, अनडी चामलको भात, गंगटा, थारु हस्तकला ढकिया, गोन्द्री, थारु भाषा, साहित्य तथा संस्कृतिका पुस्कहरुको विक्रि वितरण तथा प्रद्धशनीको लागि राखिने छ ।

यस्तै महोत्सवक पाँच दर्जन भन्दा बढि मघौटा, हुर्डुंग्या, छोक्रा, सख्या, पैया, बर्का नाच लगायत राष्ट्रिय थारु कलाकारहरुको पनि विशेष प्रस्तुति रहने उनले बताए । महोत्सवलाई भब्य बनाउनको लागि अहिले प्रचारप्रसार तथा नाच दर्ता र आर्थिक सहयोग जुटाउने लगायत काम भइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित