एमाले दंगीशरण-३ को वडा अध्यक्षमा भण्डारी

नेकपा एमाले दंगीशरण गाउ कमिटी वडा न ३ को वडा अध्यक्षमा टेकबहादुर भण्डारी चयन भएकाछन् । सोमबार भएको वडाको अधिबेशनबाट वडा कमिटीको अध्यक्षमा भण्डारी सर्वसम्मतले चयन भएका हुन ।

यस्तै कमिटिको उपाध्यक्ष मेनका अधिकारी, सचिवमा सन्जिता चौधरी र सहसचिवमा शोभारकर चौधरी, खड्गी चौधरी चयन भएको गाउँ कमिटिका सचिव खुशीराम पछलडङ्याले जानकारी दिए । यस्तै सदस्यहरुमा लैबिर चौधरी, सिता चौधरी, सुनिता विक, चेतलाल योगी, कृष्ण चौधरी, जनक भण्डारी, अन्जन चौधरी, डिल्लीराज गिरी, इश्वरी चौधरी, प्रकाश परियार, शान्ता चौधरी, कान्छुराम चौधरी र अनिता चौधरी चयन भएका छन् ।

वडा कमिटिका वडा उपाध्यक्ष मिना भण्डारीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य हुकुम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोथियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद धमकली चौधरी, एमाले जिल्ला सदस्य भागिराम चौधरी, यमन शाह, गाउँ कमिटिका अध्यक्ष बसन्त वली, एमाले नेता भरत अधिकारी लगायतले शुभकामना मन्तव्य राखेकाथिए ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित