बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी

नेपालगन्ज, १५ साउन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समिति (सिसीएमसी) को बिहीबार बसेको आकस्मिक बैठकले आइतबारदेखि मंगलबारसम्म तिनदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको उनले बताए । बिहीबार मात्र राजश्व कार्यालय नेपालगन्जका ११ सहित वाँकेमा १६ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित