दाङ-२ मा अरूभन्दा एमालेका महासचिव पोखरेल धेरै अगाडि

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दाङको राजनीतिक वातावरण तातिएको छ। दाङ क्षेत्र नं. २ यस पटक विशेष चासोको क्षेत्र बनेको छ, जहाँ अनुभवी र ‘हेभिवेट’ नेतादेखि पहिलोपटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारसम्मका उम्मेदवार प्रतिस्पर्धामा छन्।

 

यस क्षेत्रबाट नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली (कांग्रेस) का नेता किरणकिशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का निर्मल आचार्य, रास्वपाका सहमामन्त्री विपिन आचार्य लगायत विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। साना दल र स्वतन्त्र उम्मेदवारसहित जम्मा २१ जना उम्मेदवारले मनोनयन दिएका थिए। तर अन्तिम समयमा केही स्वतन्त्र उम्मेदवार र प्रजातान्त्रिक लोकान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाछन । यी मध्ये प्रलोपाले एमालेका उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छ ।

मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच
दाङ–२ मा उम्मेदवार धेरै भए पनि यहाँको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच हुने देखिन्छ। यस क्षेत्रको निर्वाचन परिस्थिति बुझ्न तीन आधारका आधारमा गरिएको फिल्ड अध्ययनले पनि यही संकेत गरेको छ । अघिल्ला समानुपातिक मत, हालको मतदाताको धारणा, र विगतको प्रत्यक्ष मत परिणामको विश्लेषणमा एमालेका उम्मेदवार शंकर पोखरेल अन्य उम्मेदवारभन्दा धेरै अगाडि देखिएका छन्।

पहिलो आधारः समानुपातिक मत

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतका हिसाबले दाङ–२ मा नेकपा (एमाले) अग्रस्थानमा थियो। एमालेले २३,५६८ मत प्राप्त गरेको थियो, जुन नेपाली कांग्रेसको १९,५९१ मतभन्दा करिब ४ हजारले बढी हो। त्यस्तै तत्कालीन माओवादी केन्द्रले १०,८२०, नेकपा एस पार्टीले ७८२, अहिले मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ११,६०२ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३,०३३ मत पाएका थिए। उक्त निर्वाचनमा कुल १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ३६० मत खसेको थियो। त्यसमध्ये ७४ हजार ४९९ मत सदर र ४ हजार ८६१ मत बदर भएको थियो।

दोस्रो आधारः उम्मेदवारको लोकप्रियता र संगठन

नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेल राष्ट्रिय छवियुक्त र लोकप्रिय नेताका रूपमा परिचित छन्। उनी पार्टीभित्र मात्र नभई आम मतदाताबीच पनि प्रभावशाली मानिन्छन्। एमालेको संगठन संरचना यस क्षेत्रमा अन्य दलभन्दा बलियो रहेको छ । वडा देखि स्थानीय तहसम्म अधिकांश ठाउँमा एमालेको प्रभाव देखिन्छ। विगतमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीका रूपमा पोखरेलले जिल्लामा गरेका विकासका कामले मतदातामा विश्वास जगाएको देखिन्छ।

क्षेत्रका सबै वडाबाट चयन गरिएका १०० जना मतदातासँग गरिएको प्रत्यक्ष संवादमा ४३ जनाले शंकर पोखरेललाई मत दिने बताएका छन्। उनीहरूका अनुसार पोखरेल पाका, भिजनयुक्त, राष्ट्रिय छवियुक्त र भावी अर्थमन्त्रीका रूपमा योग्य उम्मेदवार भएको कारण उनीप्रति झुकाव बढेको हो। यस्तै २७ जनाले कांग्रेस, १९ जना रास्वपा, ७ जना नेकपा, ४ जना कुनै पनि मतमा खुल्न चाहेनन् ।

तेस्रो आधारः विगतको निर्वाचन परिणाम

२०७९ सालको निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा होमिएको थियो भने यसको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरूको गठबन्धन थियो। त्यो बेला गठबन्धनको उम्मेदवार रेखा शर्मा ले २६,८७७ मत प्राप्त गर्दा एमालेका शंकर पोखरेलले २६,६८१ मत पाएका थिए । पोखरेल झिनो मतले पछि परेका थिए। यसपटक भने सबै दलहरू स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्, जसले गर्दा एमालेका लागि मैदान तुलनात्मक रूपमा सहज भएको देखिन्छ। पार्टी र उम्मेदवार दुबै विगतको भन्दा बढी तयारीका साथ अभियानमा जुटेका छन्। यसपटकको चुनावमा मतदाताको रुझान, संगठन शक्ति र उम्मेदवारको छवि मिलेर शंकर पोखरेल अन्य उम्मेदवारभन्दा निकै अगाडि रहेको मूल्याङ्कन गरिएको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित