मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

छात्रावासमा बस्दै आएका मुक्त कम्लरीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री सहित नगद सहयोग प्रदान गरिएको छ। दाङ, कैलाली र कञ्चनपुरका विभिन्न छात्रावासमा बसोबास गर्दै आएका २६ जना मुक्त कम्लरीलाई उक्त सहयोग गरिएको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो।

 

स्विडेनकी म्यूजिक शिक्षक साविदा लोक्ताले र नेदरल्याण्डस्थित स्कितिङ नेपालको अध्यक्ष किन्जेट बेन्सलेट र डब्लु.भि ए.एफले संस्थाको आर्थिक सहयोगमा  शैक्षिक सामग्री, स्कूल ब्याग र न्यानो कपडा सहयोग गरिएको हो । मंचको अध्यक्ष चौधरीको अनुसार दाङमा ९ जनालाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरिएको हो । त्यस्तै कैलालीको टीकापुरमा ४ जना, कैलालीमै ८ जना सहित १२ जना र कञ्चनपुरमा ५ जना गरी जम्मा १७जनालाई शैक्षिक सामग्री र न्यानो कपडाको लागि जनही पाँच-पाँच हजारको दरले नगद सहयोग गरिएको उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण पढाइमा चुनौती व्यहोरिरहेका मुक्त कम्लरीहरुलाई जाडो मौसमलाई लक्षित गर्दै न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो। साथै आवश्यक खर्चको लागि प्रति व्यक्ति पाँच हजार रुपैयाँ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। अभिभावकविहीन तथा कमजोर आर्थिक अवस्थाका मुक्त कम्लरीहरु छात्रावासमै बसेर अध्ययन गर्दै आउनुभएको छ ।  छात्रा बासमा बस्नेमध्ये धेरैजसो हाल स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा मुक्त कम्लरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरी, केन्द्रीय अध्यक्ष हिरामोती चौधरी,  सचिव लक्ष्मी राना,  सदस्यद्वय रुपनी चौधरी र शितल चौधरी, दाङकी जिल्ला  कोषाध्यक्ष  सोना कुमाल, कञ्चनपुरकी जिल्ला  अध्यक्ष सिता डंगौरा र कैलालीकी जिल्ला अध्यक्ष विन्द्रा चौधरी सहभागी हुनुहुन्थ्यो।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित