एमाले नगर घोराहीको अधिवेशनको तयारी पुरा, उद्घाटन महासचिव पोख्रेलले गर्ने

नेकपा एमाले नगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले घोराही नगर कमिटिले जनाएको छ । भोली असोज ५ गते विहान ११ बजेदेखि बहुउद्देश्य सभाहल घोराहीमा हुन लागिएको एमाले नगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएका नगर कमिटिका सचिव इन्द्र बढाथोकीले अग्रासन खबरलाई जानकारी दिए । उनका अनुसार अधिवेशनमा घोराहीको १९ वटै वडाबाट करिब पाँच सय जना प्रतिनीधिहरुको सहभागिता रहने छ ।

यसैविच अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम तय भएको उनले बताए । यस्तै अधिवेशनमा पार्टीका पोलिटव्यूरो सदस्यद्धय नरुलाल चौधरी, शान्ता चौधरी, पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी तथा प्रदेश सदस्य, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गिय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने नगर सचिव बुढाथोकीले जानकारी दिए ।

उनले भोली असोज ५ गते विहान ११ बजेदेखि बहुउद्देश्य सभाहलमा हुने अधिवेशनमा एमालेका नेता, कार्यकर्ता तथा जनवर्गिय संगठनका सम्पर्ण नेता तथा कार्यकर्ता, पत्रकारहरुलाई समेत उदघाटन सत्रमा सहभागि हुनको लागि अनुरोध समेत गरे ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अहिलेसम्म अध्यक्षको लागि ८ जनाको नाम चर्चामा रहेका बताएको छ ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित