अमेरिकाको टेक्सासमा बस्ने थारुले मनाए माघ

अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् ।

सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान गरिएकोथियो । यस्तै कार्यक्रममा  मघौटा, छोक्रा नाच प्रस्तुत गरिएको सस्थाका नेत्रसागर चौधरीले जानकारी दिए । त्यसैगरि कार्यक्रममा थारु भाषा, साहित्यको प्रवर्धनको लागि कविता, गजल, र मुक्तक प्रस्तुत गरिएकोथियो ।

माघ साँस्कृतिक कार्यक्रममा दिपक दिप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीको विशेष प्रस्तुति रहेकोथियो । यस्तै कार्यक्रममा सस्थाका पदाधिकारीहरु र सस्थाका सुभेछुकहरुलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको सस्थाका चौधरीले बताए ।

सस्थाका पुर्ब सचिब राम चौधरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माघको बारेमा पब्लिक स्पिकिङका उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरीले प्रकाश पारेकाथिए ।

त्यसैगरि कार्यक्रममा सस्थाका आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डि एफ डल्लुका अध्यक्ष बिर्जेन्द्र शाह, नेपाली सस्कृतिक तथा आध्यात्मिक केन्दका सचिव दिनेश ज्ञवाली, नेपाली समाज टेक्सास (NST) का अध्यक्ष राजेन्द्र वाग्ले लगायतले आ आफ्नो विचार व्यक्त गरेकाथिए । कार्यक्रमको सहजिकरण नेत्र सागर चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित