
सरकारलाई कर तिर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याएको कदरस्वरूप आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आयोजित कार्यक्रममा संस्थालाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आत्मनिर्भर लघुवित्तका कार्यकारी प्रमुख सौगतविर चौधरीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कार्यकारी प्रमुख चौधरीले कर तिर्ने दायित्वलाई इमानदारिपूर्वक पालना गर्दै वित्तीय क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान पुर्याउने आत्मनिर्भर लघुवित्तको प्रतिबद्धता अझ सुदृढ भएको बताउनुभयो । दाङको घोराहीमा रहेर दाङ, वाँके, बर्दिया, प्यूठान र अर्घाखाँची लगायत जिल्लामा शाखा विस्तार गरेर संस्थाले महिला सशक्तीकरण जोड दिदै आएको छ ।


