नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट २० जना र दलित तर्फबाट ३ जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार, २३ जनामध्ये भुवन चौधरीसहित चार जना थारु समुदायका प्रतिनिधिहरू महाधिवेशनका लागि चयन भएका छन्।
निर्वाचन क्षेत्र नं. १ बाट खुला तर्फ राममणि पाण्डे, कुलबहादुर केसी, रत्न तिवारी श्रेष्ठ, घनश्याम चौधरी र महिलातर्फ सीता चौधरी (ए), सीता चौधरी (बी) तथा लक्ष्मी शर्मा निर्विरोध रूपमा चयन हुनुभएको हो।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट खुला तर्फ शिवकुमार आचार्य, सुदन केसी, देबबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा र महिलातर्फ रेखा बहादुर केसी निर्विरोध रूपमा चयन भएका उपाध्यक्ष बुढाथोकीले बताउनुभयो।
निर्वाचन क्षेत्र नं. ३ बाट खुला तर्फ हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी र महिलातर्फ तुलसा डाँगी पोख्रेल प्रतिनिधिमा चयन हुनुभएको छ। त्यसैगरी, दलित तर्फ मानवबहादुर विश्वकर्मा, निर्मला विक र टंकबहादुर विक प्रतिनिधिमा चयन भएका छन्।
प्रतिनिधि चयनका लागि धेरै उम्मेदवारी परे पनि शुक्रबार रातिसम्मको छलफलपछि सर्वसम्मत सहमतिको आधारमा प्रतिनिधिहरू चयन गरिएको पार्टी उपाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो।


