जन्मदिन नमनाई थारूका लागि साझा भवन निर्माणमा सहयोग गर्ने प्रतिज्ञा

 

थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता कनैलाल चौधरीले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउने घोषणा गर्नुभएको छ ।

हिजो जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना दिने आफन्त, साथी र आदरणीय व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले जीवनमा कहिल्यै जन्मदिन नमनाएको र आगामी दिनहरूमा पनि नमनाउने प्रतिज्ञा गर्नुभएको छ ।

उहाँले जन्मदिन मनाउँदा खर्च हुने रकमलाई सामाजिक हितमा प्रयोग गर्ने संकल्प सार्वजनिक गर्नुभएको छ । चौधरीका अनुसार यस्तो खर्च बचत गरी रकम काठमाडौँमा थारू समुदायको साझा भवन निर्माणका लागि खर्च गरिनेछ । साथै जापानमा निर्माणाधीन नेपाली घर (Nepal House) निर्माणमा पनि सहयोग गर्ने योजना रहेको बताउनुभएको छ।

“घाँसी दरिद्र भइकन पनि कुवा खनाए, तर म भानुभक्त धनी भइकन पनि आज यस्तो” भन्ने भनाइलाई स्मरण गर्दै उनले आर्थिक हिसाबले पछाडि परेको थारू समुदायले पनि एकता र सहयोगमार्फत काठमाडौँमा साझा भवन निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित