टीकापुर घटना अपराधिक नभई राजनीतिक हो

महेश थारु
मुलुक यतिबेला न्याय र अन्यायको कठघरामा उभिएको छ । एकातिर वर्षौंदेखि उत्पीडन,उपेक्षा र अन्यायमा रहेका जनता राज्यबाट न्याय खोजिरहेका छन् । अर्कोतिर राज्य उत्पीडित जाति, वर्ग र समुदायको पहिचान, हकअधिकार, आत्मसम्मानको बदला अन्याय र निरंकुशता लादिरहेको छ ।

विगतका दशकमा देशमा अनेकौं राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भए, ती सबैलाई राजनीतिक रुपमा समाधान गरियो तर थरुहट आन्दोलनलाई मात्र शुद्ध आतंककारी घटनाको रुपमा हेरिनु राज्यको थारू माथि अन्यायपूर्ण व्यवहार हो ।


मुलुक संघीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरिसकेको अवस्थामा सरकार निरंकुशता तर्फ अगाडि बढिरहेको तथ्य हालै टीकापुर घटनामा आरोप लगाइएका २६ जना थरुहट आन्दोलनकारीहरूलाई पुर्पक्षको नाममा करिब तीन वर्ष जेलमा राख्नु र टीकापुर घटना छानबिनको लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन नै सार्वजनिक नगरी थरुहट आन्दोलनकारीहरू लक्ष्मण थारू लगायत १२ जनालाई डाँका चोरी आरोप लगाएर ३ वर्ष जेल भुक्तान गरि रिहा गर्नु र माननीय रेशम चौधरी लगायत ११ जना थरुहट आन्दोलनकारीहरूलाई जन्मकैदको फैसला हुनुले प्रमाणित गरिसकेको छ ।

पहिचान र अधिकार सहितको थरुहट नामाङ्कन सिमाङ्कनका लागि थरुहट स्वायत्त प्रदेशको राजनीतिक माग सहित शान्तिपूर्ण थरुहट आन्दोलनको क्रममा सम्वत् २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा अकल्पनीय घटना घटित भयो । घटनामा एकजना नाबालक र सात जना सूरक्षाकर्मी मारिए।शान्तिपूर्ण आन्दोलनमा मान्छे मारिनु सामान्य कुरा होइन तर राज्यले हल्का रुपमा लिई राज्यकै संरक्षणमा भदौ ८, ९ गते अखण्ड पक्षधरहरूले कर्फ्यु लागाइएको अवस्थामा छानीछानी थारूहरूको घर, पसल, एफएम, रिसोर्ट जलाउनु,थारूहरूलाई कुटपिट गर्नु र थारू चेलीबेटीलाई योन दुर्ववहार तथा बलात्कार गर्नु निन्दनीय कार्य र जघन्य अपराध हो ।
सरकारले थरुहट आन्दोलनकारीहरूलाई छानीछानी आतंककारी सैलिमा गिरफ्तार गरि, बन्धक बनाई झुठा मुद्दा लगाएर तीन वर्ष भन्दा बढी पुर्पक्षका लागि थुनामा राख्ने र २६ जना थारू आन्दोलनकारीहरू मध्ये अदालतले संघीय सांसद श्री रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसलाले थारू माथि अन्यायपूर्ण फैसला भएको ठर्हछ ।
विगतका दशकमा देशमा अनेकौं राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भए, ती सबैलाई राजनीतिक रुपमा समाधान गरियो तर थरुहट आन्दोलनलाई मात्र शुद्ध आतंककारी घटनाको रुपमा हेरिनु राज्यको थारू माथि अन्यायपूर्ण व्यवहार हो । टीकापुर घटना अपराधिक नभई राजनीतिक हो । यो मुद्दाको समाधान राजनीतिक सहमतिको आधारमा खोजिनुपर्छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित